विज्ञापन गर्दा पनि आउँदैनन् मेडिकल अफिसर

तुलसीपुर- दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मेडिकल अधिकृतका लागि दुई पटक विज्ञापन गर्दा पनि कुनै आवेदन परेन । करारमा मेडिकल अधिकृत नियुक्ति गर्नका लागि आबेदन आह्वान गर्दा पनि कुनै आवेदन नपरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीले बताए ।
चार जनाको लागि विज्ञापन गर्दा पनि आवेदन नपर्दा अहिले विद्यमान सीमित चिकित्सकले सेवा दिनुपरेको उनको भनाइ थियो।
पचास शैयाको उक्त अस्पतालमा एकसय ५०जनाका लागि सेवा सञ्चालन हुँदै आएकामा अब दुई सय शैया बनाउनका लागि प्र्रदेश सरकारले कसरत थालेको छ । डायोलाइसिस तथा प्रसुतिलगायत सेवामा अझै पनि जनशक्ति अभाव छ । जनशक्ति अभावकै कारण आईसियु सेवा सञ्चालन गर्न सकिएको छैन । आईसियुका लागि करिब थप१० बेड चाहिन्छ ।
यसैगरी छ मेडिकल अधिकृत, १९ नर्सिङ, छ कार्यालय सहयोगी पनि चाहिने निमित्त मेसु अधिकारीले बताए । उपकरण भएपनि जनशक्ति अभाबकै कारण उक्त सेवा सञ्चालन गर्न नसकिएको उनको गुनासो थियो । दैनिक एक सय बिरामीलाई धान्न सक्ने मात्रै जनशिक्ति हुँदा पनि दैनिक छ सय विरामी आउने गरेका उक्त अस्पतालमा हाल कन्सलटेन्ट १४, मेडिकल अफिसर २५, स्टाफ नर्स ६८ जना कार्यरत छन् । प्रदेशअन्तर्गत रहेकाले यो अस्पताललाई आगामी मन्त्रिपरिषद्को बैठकबाट दुईसय शैयामा पुर्याउन प्रयास भइरहेको प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताए ।

विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी
‘अझै मनसुन सक्रिय नहुँदा अपेक्षाकृत रोपाइँ हुन सकेन’

तटबन्धले जोगायो घर खेत
_04YG2z72mH_v8t2igg3vbb16jiyc5uza0xw7voswj7ykb4vsjp80tricojvuf9puxqytjnl_y5f7bkytAj_rse1l2vl1cnmb9b8u53jivs6qpzbsqagpwkfuxikocjymxdtjeqpm4mrzf2n.jpg)
रामघाटमा ज्येष्ठ नागरिक स्कुल सञ्चालनको तयारी
चिनी तस्करी गरेको आरोपमा मुद्दा दायर

दाङको शान्तिनगर गाउँपालिकाले विद्युत महसुल तिरिदिने

रुपन्देहीमा चट्याङ लागेर यादवको मृत्यु

प्रतिक्रिया