एभरेष्ट बैंकद्वारा १०० भन्दा बढी चालकहरूलाई वित्तीय साक्षरतासँगै क्यूआर कोड हस्तान्तरण

काठमाडौँ – एभरेष्ट बैंकले नेपाल अटो तथा इ–रिक्सा यातायात प्रालि तिलोत्तमा रुपन्देहीलाई वित्तीय साक्षरता तथा क्यूआर कोड हस्तान्तरण गरेको छ ।
लुम्बिनी कृषि उपज थोक बजार तिलोत्तमा–५ मणिग्राम रुपन्देहीमा आयोजित एक विशेष कार्यक्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले नेपाल अटो तथा इ–रिक्सा यातायात प्रालिका ५५ भन्दा बढी सदस्यहरूलाई क्यूआर कोड हस्तान्तरण गरेका हुन् ।
उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर भैरहवाका प्रमुख सतेन्द्रराज सुवेदी तथा एभरेष्ट बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रतीले १०० जना भन्दा बढी टेम्पो तथा इ–रिक्सा चालक र महिला उद्यमी दिदीबहिनीहरूलाई वित्तिय साक्षरता सचेतना प्रदान गरे ।
देशैभरि छरिएर रहेका १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६२ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंङ सुबिधा प्रदान गर्दै आइरहेको छ ।
यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिंदै आइरहेको जनाएको छ ।

ढुक्क भएर लगानी गर्न अध्यक्ष ढकालको आग्रह

आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?
_s9n0E2adwG_gumcjphdni5h8dpeydj8wga6u7eedf5s53tlhjkvy9oq9o55mjx4slzmwcbq_InfrdGZvP6_jejk5dtnnnosjsemlv9oqsmhzaymkqgalazq8zl7yelxyyflrgulfnpu2dyg.jpg)
कुमारी बैंकद्वारा फोनपेसँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

आजदेखि पेट्रोलियम पदार्थको मूल्यवृद्धि, पेट्रोलमा बढ्यो लिटरमै पाँच रूपैयाँ

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

आँप मेलामा १० लाखभन्दा बढीको कारोबार

प्रतिक्रिया