लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचन : दुवै समूहको जित्ने दाबी
बुटवल : राष्ट्रिय सभा अन्तर्गत लुम्बिनी प्रदेशमा हुन लागेको रिक्त १ सदस्य पदमा १७ जेठमा हुने निर्वाचनको मौन अवधि सुरु भएको छ । यस अवधिमा निर्वाचन प्रचार-प्रसार र मत माग्न नहुने, मौन अवधि सुरु हुनुअघि मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका निर्वाचन चिह्न तथा प्रचार-प्रसार सामग्री हटाएको हुनुपर्नेछ ।
यसैगरी एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार–प्रसार गर्न नहुने, उम्मेद्वार वा राजनीतिक दलको प्रचार-प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने निर्वाचन आयोगले बताएको छ । आयोगले विज्ञप्ति जारी गर्दै मौन अवधिका लागि तय आचरण पालना गर्न-गराउन सबैसँग अनुरोध गरेको हो ।
राष्ट्रिय सभा उपनिर्वाचनमा २ सय ९६ मतदाताले मात्रै मतदान गर्ने भएका छन् । निर्वाचन १७ जेठमा हुँदै छ । निर्वाचन आयोगले तयार गरेको अन्तिम मतदाता नामावलीअनुसार सो प्रदेशका ८७ प्रदेशसभा सदस्यमध्ये ७९ जनाले मात्रै मतदानमा सहभागी हुन पाउनेछन् । अन्य ८ जना भने विभिन्न दलबाट कारबाहीमा परेकाले मतदानमा सहभागी हुन पाउने छैनन् । अन्तिम मतदाता नामावलीमा उनीहरूको नाम समावेश छैन ।
यसमा एमालेका ३८, कांग्रेसका १९, माओवादीका १९ सभामुखसहित, जसपाका २ र राजमोका १ जना सांसद छन् ।
पार्टीको निर्णय नमानेको भन्दै जसपाको उपेन्द्र यादव समूहले प्रदेश सांसद सन्तोषकुमार पाण्डेय, विजय यादव, कल्पना पाण्डेय र सुमन शर्मा रायमाझीलाई कारबाही गरेको थियो । हाल लुम्बिनीमा मन्त्री रहेका उनीहरूले मतदान गर्न पाउने छैनन् । प्रदेश निर्वाचन कार्यलयका सुचना अधिकारी गेहेन्द्र कुवँरले मतदाता सूचीमा नाम भएकालाई मात्र निर्वाचनमा भाग लिने बताए ।
यसैगरी नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष गरी २१७ मतदाताले उपनिर्वाचनमा मतदान गर्नेछन् । स्थानीय तहतर्फका २ सय १७ मध्ये एमालेका ९४, कांग्रेसका ६३, माओवादीका ३६, जसपाका १३, जनमोर्चाका ५, राप्रपाका २ र स्वतन्त्र ४ जना छन् ।
निर्वाचनमा प्रदेश सभा सदस्यको ४८ र स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुखको मतभार १८ गणना हुन्छ । उपनिर्वाचनका लागि नेकपा एमालेबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनले दृघनारायण पाण्डेलाई उम्मेद्वार बनाएको छ ।
नेकपा माओवादी केन्द्रबाट निर्वाचित खड्का एमाले प्रवेश गरेपछि माओवादीले कारबाही गर्दा उनको पद रिक्त भएको थियो ।
पाण्डे कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको संयुक्त गठबन्धनका उम्मेद्वार हुन् । उनी एमाले लुम्बिनी प्रदेश सभा सदस्य त्यागेर कांग्रेस प्रवेश गरेका थिए । विपक्षी गठबन्धनले उनलाई नै उम्मेद्वारको बनाएको हो ।
निर्वाचनमा दुवै पक्षले जित निश्चित हुने दाबी गरेका छन् । काँग्रेसका प्रदेश सभाका सचेतक फकरुद्विनले गठबन्धनको जितमा शंका नरहेको बताए । उनले माधव समूहसमेतको सहयोगले अत्याधिक मतले जित्ने दाबी गरे । उता एमाले प्रदेश अध्यक्ष लिला गिरी सबैतिर प्रचारको काम भएकोले मतदाताको भनाइ अनुसार आफ्नो उमेद्वारले जित्ने बताए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया