उद्योगले जनशक्तिलाई व्यवस्थापकीय तालिम दिनुपर्छ : डिन शर्मा

काठमाडौं - व्यवस्थापन विषय अध्ययन गरेका जनशक्तिलाई उद्योग तथा कम्पनीले रोजगारी दिँदा व्यवस्थापकीय सिप र तालिम दिनुपर्ने त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्राडा डिल्लीराज शर्माले बताए ।
शनिबार काठमाडौंमा पद्मकन्या बहुमुखी क्याम्पसको वाणिज्य व्यवस्थापन संकाय स्नाकोत्तर तह (मास्टर अफ बिजनेस म्यानेजमेन्ट कोर्ष) ले आयोजना गरेको 'वाणिज्य व्यवस्था शिक्षा विषय'को अन्तरक्रिया कार्यक्रममा डिन शर्माले सो कुरा बताए । उनले वाणिज्य व्यवस्थापन पढेका जनशक्तिलाई उद्योगले रोजगारी दिँदा सिप विकासको तालिम दिएर सक्षम बनाउनुपर्ने बताए ।
कार्यक्रममा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले वाणिज्य व्यवस्थापनको अध्ययन गरेका विद्यार्थीले अरूको कम्पनीमा रोजगारी गर्नुभन्दा आफै रोजगारको सिर्जना गर्नुपर्ने बताए । उनले व्यवस्थापनमा जोखिम हुने भएकोले जोखिम र निर्णय लिनसक्ने व्यक्ति नै सफल हुने बताए । प्रमुख कार्यकारी अधिकृत देवकोटाले व्यवस्थापनका विद्यार्थीले बजारमा आफ्नो सामान र आफूलाई चिनाउन सक्ने हुनुपर्ने बताए ।
पद्मकन्या बहुमुखी क्याम्पस वाणिज्य व्यवस्थापन संकायका प्रमुख सह-प्राध्ययापक अग्निधर पराजुलीले वाणिज्य व्यवस्थापन कार्यक्रमलाई राम्रोसँग अगाडि बढाउने बताएका छन् । पराजुलीले राम्रो जनशक्ति उत्पादन गरेर विद्यार्थीलाई उद्योग तथा कम्पनीमा राम्रो स्थानसम्म पुर्याउने बताए ।
त्यस्तै, पद्मकन्या बहुमुखी क्याम्पस प्रमुख जयालक्ष्मी प्रधानले वाणिज्य व्यवस्थापनका लागि आवश्यक पर्ने सबै कुराको व्यवस्थापनमा सहयोग गर्ने बताए ।
पद्मकन्या बहुमुखी क्याम्पसले गत वर्षदेखि मास्टर अफ बिजनेस म्यानेजमेन्ट कोर्ष सञ्चालन गर्दै आएको छ । पहिलो ब्याच दोस्रो सेमेस्टरमा अध्ययन गर्दैछ ।

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

६८ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदै लालबहादुर

कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि
कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा

खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पढाई सुरू

किन असन्तुष्ट छ सरकार र शिक्षक महासंघको सहमतिसँग विद्यालय कर्मचारी परिषद् ?

प्रतिक्रिया