गण्डकीमा विषयगत समितिका सभापति निर्विरोध

पोखरा- गण्डकी प्रदेश सभामा विषयगत चारवटै समिति सभापति निर्विरोध चयन भएका छन् ।
शनिबार मनोनयनको समयभित्र सबै समितिको सभापतिमा एकल उम्मेदवारी परेको संसद् सचिवालयका उपसचिव प्रेम सुवेदीले जानकारी दिए । शनिबार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म समय तोकिएको थियो । सार्वजनिक लेखा समितिमा एमालेका सुधीरकुमार पौडेल, अर्थ तथा विकासमा कांग्रेसका भोजराज अर्याल, प्रदेश मामिला तथा कानुन समितिमा कांग्रेसकै चम्पादेवी खड्का र सामाजिक विकास तथा कृषि समितिमा माओवादीका फणिन्द्र देवकोटाको एकल उम्मेदवारी परेको छ ।
उनीहरूको शपथ आइतबार बिहानका लागि तय गरिएको छ । उनीहरूले आइतबारबाटै गाडी सुविधा पाउने छन् । गण्डकी प्रदेश सभामा ४ वटा संसदीय समिति छन् । ६० सदस्यीय प्रदेश सभाका ३ वटामा १५/१५ जना र एउटामा १३ जना राखिएको छ । ४ मध्ये २ समिति कांग्रेस, १ माओवादी र १ एमालेको भागमा परेको हो ।
फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो

कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण

९ किलोमिटर सडक कालोपत्र

नौ सय घरमा खानेपानी सुविधा
रसुवामा बेपत्ता भएका गोरखाका दुई जनाको सनाखत गर्न आएनन् आफन्त

प्रतिक्रिया