उज्वल थापाको ईसीएमओ प्रविधिबाट उपचार, आर्थिक सहयोग ५० लाख बढि उठ्यो

काठमाडौँ : विवेकशील पार्टीका संस्थापक अध्यक्ष उज्वल थापालाई कोभिड-१९ संक्रमित भएपछि नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । थापालाई ईसीएमओ प्रविधिबाट उपचार गराइएको जानकारी अस्पतालले दिएको छ ।
चिकित्सकहरूको सल्लाह अनुसार थापालाई थप अत्याधुनिक उपचार आवश्यक पर्ने देखिएपछि आर्थिक सहयोग उठाइएको हो । थापाको उपचारको लागि अमेरिकामा २२ हजार २ सय ९१ डलर सहयोग जुटेको छ । त्यस्तै नेपालमा थापाको उपचारका लागि २६ लाख ५० हजार सहयोग उठेको विवेकशील साझा पार्टीले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।
केही दिन अघिदेखि उनलाई हाइफ्लो अक्सिजनमा राखिएको थियो । अक्सिजन दिँदा पनि काम गरेको थिएन । उनलाई करिब दुई साता अघि कोभिड-१९ संक्रमण देखिएको हो । उनलाई कुनै अन्य दीर्घ रोग छैन । ४५ वर्षका थापा सहजै हिँडडुल गरिरहेका थिए ।

नेशनल बाथरोग सेन्टरले मनायो १२औँ वार्षिकोत्सव, पाँच लाखभन्दा बढी बिरामीलाई स…

धनगढीमा स्पा तथा वेलनेस थेरापी तालिम सुरु,स्पा र वेलनेस क्षेत्रमा अवसर बढ्दै
भारतबाट फर्केका तीन जनामा कोरोना पुष्टि

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्षमा डा. सन्तोष पौडेल
मुस्ताङका चार पालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

राप्ती प्रादेशिक अस्पतालः अनुमतिभन्दा बढी शय्या सञ्चालनले समस्या

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला र कलेजोको सफल प्रत्यारोपण

प्रतिक्रिया