बाबुरामलाई बीजेपी नेता चौथाईवालेको जवाफ : आफ्नो असफलताको दाेष अरुलाई नदिनू !

काठमाडौँ : पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई जहवारलाल नेहरु विश्वविद्यालय (जेएनयू)को सपनाबाट मुक्त हुन नसकेको आरोप भारतीय सत्तारुढ दलका एक नेताले लगाएका छन् । सत्तारुढ भारतीय दल भारतीय जनता पार्टी (बीजेपी)का विदेश विभाग प्रमुख विजय चौथाईवालेले डा.भट्टराईको लेखमाथि कटाक्ष गर्दै यस्तो आरोप लगाएका हुन् ।
‘नेपालको घरेलु राजनीतिमा टिप्पणी गर्न उहाँ स्वतन्त्र हुनुहुन्छ । भारत र आरएसएसलाई लिएर गरेको टिप्पणी हेर्दा उहाँ जेएनयूको सपनाबाट मुक्त हुन सक्नुभएको छैन,’ पछिल्लो समय नेपाल मामिला नियाल्दै आएका चौथाईवालेले ट्वीटरमा लेखेका छन्, ‘डा. भट्टराई कट्टर कम्युनिस्टको रुपमा सफल हुनुको दोष अरुलाई दिने गरेका छन् ।’
डा.भट्टराइको आलेख भारतीय पत्रिका द हिन्दूमा प्रकाशित छ । ‘नेपालको लोकतन्त्र समस्यामा’ शीर्षकको उक्त आलेखमाथि असन्तुष्टि जनाउँदै बीजेपी नेता चौथाईवालेले ट्वीट गरेका छन्। चौथाईवालेले दुई दिनअघि नयाँ दिल्लीस्थित नेपाली दूतावासमा नै पुगेर नेपालले आफ्नो कूटनीतिक शैली सच्याउन सुझाएका थिए । बीजेपी आगामी २० वर्ष भारतमा यस्तै शक्तिशाली रहन्छ भन्दै वार्ताको शैली परिवर्तन गर्न राजदूत निलाम्बर आचार्यलाई उनले सुझाएका थिए ।
आचार्यले खोपको विषयमा प्रतिपक्ष दल कांग्रेससँग कुरा भएको र भारत सरकाले दिएपछि कुनै अवरोध नहुने बताएका थिए । अब उनले नेपाली नेताको आलेखमासमेत आफ्नो धारणा राख्नु भनेको भारतीय चासो हामीमाझ आइपुग्नु हो । डा. भट्टराईको लाइनमा बुझेर नै उनले त्यस्तो धारणा ब्यक्त गरेको हुनसक्ने एक कूटनीतिज्ञ बताउँछन्।
While @brb1954 is free to comment anything on domestic politics of Nepal, his comments on RSS and India shows that he is still living in JNU dreamland. Like a typical die-hard communist, Baburamji is blaming everyone else for his own failures. @the_hindu
https://t.co/c3brXRxMLb
— Dr Vijay Chauthaiwale (@vijai63) May 29, 2021

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया