भूपू गोर्खासँग बेलायत सरकार वार्ता गर्न तयार
भूपू गोर्खालाई बेलायतले पेन्सनमा दिन्छ वार्षिक २० अर्ब रुपैयाँ
लण्डन : गैरआवासीय नेपाली संघ युकेको पहलमा बेलायत सरकारलाई गोर्खा सैनिकका समस्याबारे लेखेको पत्रको जवाफ प्राप्त भएको छ । गत अप्रिल ६ तारिखमा गैरआवासीय नेपाली संघ युकेको गोर्खासम्बन्धी गतिविधि हेर्ने विभागका संयोजक तथा संघका उपाध्यक्ष प्रेम गाहा मगरको पहलमा गोर्खासम्बद्ध पाँच संस्थाले संयुक्त पत्र तयार गरी रक्षा मन्त्रालयमा पठाएका थिए ।
बेलायत सरकारले प्रतिउत्तरमा पठाएको दुई पृष्ठ लामो पत्रमा भूपू गोर्खालाई पेन्सनका रूपमा वार्षिक करिब नेरु २० अर्ब बेलायत सरकारले दिँदै आइरहेको उल्लेख छ । त्यसैगरी सन् २०१९ मा गोर्खा कल्याणकारी कोष स्थापना गरी कोषबाटै आधारभूत स्वास्थ उपचारका लागि भुक्तानी गरिरहेको समेत बताइएको छ ।
भूपू गोर्खा सैनिकको समस्या समाधानका लागि बेलायत सरकार वार्ताका लागि तयार रहेको र नेपालस्थित बेलायती राजदूत तथा नेपालका परराष्ट्रमन्त्रीबीच निरन्तर कुराकानी भइरहेको पत्रमा उल्लेख छ । यसका साथै संवादका लागि नेपालस्थित बेलायती दूतावासमार्फत अघि बढ्न सकिनेसमेत जनाइएको छ ।
बेलायती रक्षा मन्त्रालयले तयार पारेको यसअघिको प्राविधिक समितिको गोर्खा समस्या व्यवस्थापनसम्बन्धी दस्तावेजमा दुवै देशका प्रधानमन्त्रीबीच सन् २०१९ मा समेत छलफल भइसकेको भनिएको छ । बेलायत सरकारको यो पत्रअनुसार अब भूपू गोर्खाको समस्या समाधानका लागि नेपाल सरकारको ठोस निर्णय आवश्यक रहेको गैरआवासीय नेपाली संघका उपाध्यक्ष गाहा मगरले बताए ।
उनले पत्रबारे लण्डनस्थित नेपाली दूतावासलाई मौखिक रूपमा जानकारी गराइ सकिएको र अब एक दुई दिनमा नेपाल सरकारले छिटोभन्दा छिटो वार्ता टोली खडा गरोस् भनेर नेपाल सरकारको ध्यानाकर्षणका लागि नेपाली दूतावासमार्फत ज्ञापनपत्र बुझाइने बताए ।
गत महिना बेलायत सरकारलाई संयुक्तरूपमा पठाएको पत्रमै समस्या समाधानका लागि बेलायतले जुन १५ तारिखसम्म पहल नगरे आमरण अनशन बस्सने चेतावनी दिइएको थियो । त्यसैअनुसार संयुक्तपत्रमा हस्ताक्षर गरेका कृष्णबहादुर राईको अध्यक्षतामा गठित सत्याग्रह अभियानका तीन सदस्य जुलाई १ तारिखदेखि आमरण अनशन बस्ने निधो गरिसकेकाले यसपूर्व नै नेपाल सरकारले ठोस कदम चाल्नुपर्ने भूपू गोर्खाको समस्या समाधानका लागि क्रियाशील संस्थाको अनुरोध छ ।
नेपाल सरकारले अविलम्ब वार्ता टोली गठन नगरे अहिले बनेको वार्ताको वातावरण पछि कायम नरहन सक्ने हुँदा नेपाल सरकारले यो पत्रको सही सदुपयोग गर्नुपर्ने गैरआवासीय नेपाली संघको धारणा छ । (रासस)

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया