'धार्मिक सद्भाव बिथोल्ने काममा राप्रपाका कोही व्यक्ति संलग्न भए सम्पूर्ण जिम्मेवारी लिन तयार छु'

काठमाडौँ- राप्रपाका सांसद दीपकबहादुर सिंहले धार्मिक सद्भाव बिथोल्ने काममा राप्रपाका कोही व्यक्ति संलग्न भए सम्पूर्ण जिम्मेवारी लिन तयार रहेको बताएका छन् ।
शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सिंहले मुलुकमा धार्मिक सद्भाव कायम गर्नुपर्छ भन्नेमा आफ्नो पार्टी एकमत रहेको भन्दै कहीकतै धार्मिक सद्भाव बिथोल्ने काममा राप्रपाका कोही व्यक्ति संलग्न भए सम्पूर्ण जिम्मेवारी लिन तयार रहेको बताएका हुन् ।
उनले धार्मिक सद्भाव बिथोल्ने काममा पूर्व राजा ज्ञानेन्द्र शाहको संलग्नता भए कारबाही गर्न समेत सरकारलाई चुनौती दिए । धार्मिक सद्भाव बिथोल्ने काममा पूर्व राजा ज्ञानेन्द्र शाहको संलग्न भए आफू सांसद पदबाटै राजीनामा दिने उनले बताए ।
उनले विभिन्न प्रकरणमा आफ्नो दोष अरुलाई थोपार्न राजावादीहरूलाई आरोप लगाइएको तर्क गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया