सल्यानका कर्मचारीहरू आन्दोलनमा

सुर्खेत- संघीय निजामती सेवा विधेयकको संशोधनको माग राख्दै सल्यानस्थित पालिकामा कार्यरत कर्मचारीहरूले विरोध जनाएका छन् । पालिकाका कर्मचारीहरूले विरोध स्वरूप पेन डाउन गरेका छन् । आन्दोलनमा उत्रिएका सल्यानका स्थानीय तहका कर्मचारीहरूले अत्यावश्यकबाहेक सेवा रोकेका हुन् ।
जिल्लाको कपुरकोट गाउँपालिकाका कर्मचारीहरूले कार्यालय अगाडि प्रत्येकले आफ्ना मागसहितको कालो पम्पलेट भिरेर धर्ना दिएका छन् । यस्तै छत्रेश्वरी गाउँपालिकामा कार्यरत कर्मचारीहरूले पनि गाउँपालिकाको गेट अगाडि कालो ब्यानरसहित धर्ना दिएका छन् ।
काम नै रोकेर कर्मचारीहरू आन्दोलनमा उत्रिएपछि सेवा प्रभावित भएको छ । सरकारले स्थानीय सेवाका कर्मचारीहरूको मागबारे कुनै चासो नदिएपछि केन्द्रीय संघर्ष समितिको आह्वान अनुसार शुक्रबारदेखि पेन डाउन गरेर आन्दोलन गर्नुपरेको स्थानीय तह कर्मचारी संघर्ष समिति सल्यानका सहसंयोजक तथा छत्रेश्वरी गाउँपालिकाका संयोजक प्रदीप चन्दले जानकारी दिए ।
मन्त्रिपरिषद्ले पारित गरेर प्रतिनिधि सभामा दर्ता गर्ने तयारीमा रहेको संघीय निजामती सेवा विधेयक संशोधन गर्नुपर्ने उनीहरूको माग छ । स्थानीय सेवाबाटै प्रमुख प्रशासकीय अधिकृत राख्न, एकीकृत निजामती सेवा ऐन जारी गर्न माग गर्दै कर्मचारीहरू आन्दोलनमा छन् ।
यस्तै बिनासहमति ७५३ स्थानीय तहमा चक्रीय प्रणालीमा सरुवा गरिनुपर्ने, निजामतीको परिभाषाभित्र स्थानीय तहका कर्मचारीलाई समेत समेटिनुपर्ने, तीनै तहका कर्मचारीहरूको समान वृत्ति विकासको व्यवस्था गरिनुपर्ने, स्थानीय तहमा कार्यरत कर्मचारीहरूको कर्मचारी कल्याणकारी कोषको अनिवार्य व्यवस्था गरिनुपर्ने, स्थानीय तहका कर्मचारीलाई ट्रेड युनियन अधिकार प्रदान गरिनुपर्ने, अस्थायी तथा करार कर्मचारीहरूको उचित व्यवस्था गरिनुपर्ने लगायतका माग उनीहरूको छ ।

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण

ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कर्णालीमा ६ दिनमा २७ फरार अभियुक्त पक्राउ

तीन दिनदेखि ११ वर्षीया बालिका बेपत्ता

प्रतिक्रिया