नबिल र बिनबीच ऊर्जा दक्षता र दिगो हाउजिङ प्रवर्द्धनका लागि सम्झौता

काठमाडाैँ –नबिल बैँक र बिल्डिङ इनर्जी इफिसियन्सी (बिन)बीच ऊर्जा दक्षता र दिगो हाउजिङ प्रवर्द्धनका लागि सम्झौता भएको छ ।
बैँक र बिनले नेपालमा दिगो र जलवायु अनुकूल डिजाइनका लागि काम गर्ने सम्झौता गरेका हुन् ।
सम्झौतामा बैँकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र बिनका तर्फबाट डेनियल नेयरले हस्ताक्षर गरेको उल्लेख गरिएकाे छ ।
यो साझेदारीले विशेषगरी परिवर्तित वित्तिय प्याकेजमा विकास, वित्तिय प्याकेजको मूल्यांकन गर्न प्रविधि क्षमता निर्माण गर्ने र दिगो ऊर्जा हाउजिङको प्रवर्द्धन गर्न प्राथमिकताका वित्तिय योजनामा पहुँच पुर्याउन सहजीकरण गर्नेलगायत गतिविधि सञ्चालन हुने बैँकले जनाएको छ ।
नबिल बैँकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले बैंक जलवायु परिवर्तनप्रति संवेदनशील रहेको र जलवायु परिवर्तन न्यूनीकरणमा नबिल बैँकले योगदान पुर्याउँदै आएको बताए ।
ऊर्जा दक्षता र दिगो हाउजिङले वातावरणलाई फाइदा पुर्याउनुका साथै समुदाय र आर्थिक चक्रमा पनि सकारात्मक प्रभाव पार्ने उनको भनाइ थियो । पौड्यालले २०४५ सम्म शून्य कार्बन उत्सर्जनमा पुग्न ठूलो लगानी आवश्यक पर्ने बताए ।

कति छ आज तरकारी र फलफूलको मूल्य ?

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई इप्पानको आग्रह

बेरूजु निरन्तर बढ्दो, राजस्व छुटको तथ्याङ्क संसद्मा पेस गरेर पारदर्शिता कायम गर्…

नीतिगत अन्योलले चार वर्षदेखि सुपारी निर्यात ठप्प

‘तरकारीमा विषादीको प्रयोग घटाऔँ’

पाथीभरामा केबलकार बनाउन बाटो खुल्यो

प्रतिक्रिया