प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित बझाङ जाँदै

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज सुदुरपश्चिम प्रदेशमा पुग्दैछन् ।
गत मंगलबार र बुधबार बझाङलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण भएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिम प्रदेश जान लागेका हुन् ।
उनले भूकम्पको केन्द्रविन्दु बझाङमा नै गएर प्रत्यक्ष अवलोकन गरी थप राहत, पुनर्स्थापना र पुनर्निर्माणको काम गर्नका लागि सरकारी निकायलाई आवश्यक निर्देशन दिने छन् ।
प्रधानमन्त्री प्रचण्डले भूकम्पका कारण केन्द्रविन्दु बझाङ र आसपासमा भएको मानवीय क्षति र भौतिक क्षतिको व्यवस्थापनको लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न यसअघि नै निर्देशन दिइसकेका छन् ।
बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा प्रधानमन्त्री प्रचण्डले थप राहत र पुनःस्थापनाका लागि तत्काल कार्य अघि बढाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएका थिए ।

एसइईमा ग्रेड प्राप्त विद्यार्थीलाई प्रधानमन्त्रीको बधाई

उर्जामन्त्री खड्का र चीनका राष्ट्रिय ऊर्जा प्रशासनका प्रशासकबीच भेट

ऊर्जा सुरक्षा आधुनिक जीवनको आधारभूत आवश्यकता : मन्त्री खड्का

विदेशमा रहेका नेपालीको सूचना संकलन गर्न ‘श्रम संसार एप’ सञ्चालनमा

संस्कृत विश्वकै सम्पत्तिः राष्ट्रपति पौडेल

सरकार बहुभाषिक पहिचान प्रवद्र्धनमा सरकार प्रतिबद्ध छः मन्त्री पाण्डे

नेपाली गीत सङ्गीत विश्वभर गुञ्जिन थालेको छ: मन्त्री पाण्डे

प्रतिक्रिया