एमाले गण्डकी : मतदान सकियो, मतगणनाकाे तयारी

पोखरा- नेकपा एमाले गण्डकी प्रदेशकाे नेतृत्वका लागि भएकाे मतदान सकिएकाे छ । बिहीबार दिउँसाे १२ बजेदेखि सुरु भएको मतदान राति ९ बजे सकिएको हो ।
कुल ९ सय ७ प्रतिनिधि रहेकामा ८ सय ९६ जना मतदानमा सहभागी भएकाे निर्वाचन कमिटीले जानकारी दिएकाे छ । विद्युतीय माध्यमबाट भएकाे मतदानकाे केहीबेरमा मतगणना सुरु गर्ने तयारी छ ।
गण्डकी प्रदेशकाे पहिलाे अधिवेशनबाट अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारी प्रतिस्पर्धामा छन् ।
मिनप्रसाद गुरुङ र बाबुरामराम विकले उपाध्यक्ष, धनन्जय दवाडी र रश्मि आचार्यले सचिवमा प्रतिस्पर्धामा छन् । सहसचिवमा दामबहादुर विक र सन्तोष रावल, सहसचिव महिलातर्फ मन्जु अधिकारी र मिना गुरुङ चुनावी मैदानमा छन् ।
फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो

कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण

९ किलोमिटर सडक कालोपत्र

नौ सय घरमा खानेपानी सुविधा
रसुवामा बेपत्ता भएका गोरखाका दुई जनाको सनाखत गर्न आएनन् आफन्त

प्रतिक्रिया