सर्पले टोकेर कपिलवस्तुमा दिदीबहिनीको मृत्यु

बुटवल - कपिलवस्तुको बाणगंगामा सर्पले डसेर दिदीबहिनीको मृत्यु भएको छ । नगरपालिकाको वडा ९ का तीन वर्षीय रीतिका क्षेत्री र ८ वर्षीय इशिका क्षेत्रीको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको छ ।
मंगलबार राति अन्दाजी १२ बजे सर्पले डसेको बुबा मोतीलाल क्षेत्रीले बताए । बिहान ४ बजेतिर बिस्तारामा सर्प देखिएपछि सर्प दंशको लक्षण देखिएकी इसिकालाई उपचारका लागि कपिलवस्तु सर्पदंश उपचार केन्द्रमा लगिएको थियो ।
स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रेफर गरिएको केन्द्रका व्यवस्थापक नवीन भण्डारीले बताए ।
दिदीलाई उपचार गर्दैगर्दा रीतिकामा सर्प दंशको लक्षण देखिएको स्थानीय नवराज बेल्वासेले बताए । त्यसपछि दिदीबहिनीलाई उपचारका लागि बुटवल लगिएको थियो । रीतिकाको बुधबार बिहान मृत्यु भएको थियो भने इशिकाको बुधबार साँझ ६ बजे मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. नेत्रबहादुर रानाले जानकारी दिएका छन् ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया