शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

अफगानिस्तानमा २३ तालिवान लडाकू मारिए

काबुल : अफगानिस्तानमा भएको दुई पक्षिय भिडन्तका क्रममा थप २३ तालिवान लडाकूहरु मारिएका छन् । 

देशको बाल्ख प्रान्त अन्तर्गत पर्ने शोल्गारा जिल्लामा बिहीबार दिउसो भिडन्त भएको सैन्य अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

अफगानिस्ताको सेनाका प्रान्तीय प्रवक्ता मोहम्मद हनिफ रेजाइले बोडाना क्वाला भन्‍ने गाउँमा घटना भएको बताए । 

घटनामा परी २३ जनाको मृत्यु भएको र अरु ११ जना घाइते भएको पनि उनले जानकारी दिएका छन् ।   

उनका अनुसार सुरक्षाकर्मीहरुले घटनास्थलबाट लडाकूहरुले प्रयोग गर्ने मोटरसाइकल समेत बरामद गरेका छन् । 

अफगानिस्तानका धेरै ठाउँमा तालिवान लडाकूहरु लामो समयदेखि हिंसात्मक क्रियाकलापमा सक्रिय हुँदै आएका छन् । 

बिहीबारको घटनाका बारेमा अहिलेसम्म कसैले जिम्मेबारी नलिएको पनि सरकारी अधिकारीहरुले जनाएका छन् । (सिन्ह्वा)