शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

यू-१९ प्रिमियर कप क्रिकेटका लागि नेपाली टिम घोषणा

काठमाडौँ- मलेसियामा अक्टोबर १२ देखि २४ तारिखसम्म आयोजना हुने एसीसी पुरुष यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताका लागि नेपालले टिमको घोषणा गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार देव खनालको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको हो ।

प्रिमियर कपका लागि समूह ‘ए’ मा बहराइन, साउदी अरेविया र इरानसँगै रहेको नेपालले पहिलो खेल अक्टोबर १२ मा इरानसँग खेल्ने तालिका रहेको छ ।