विश्व क्रिकेटका यी पाँच हस्ती जसले भारतमा हुने विश्वकप गुमाए
काठमाडौँ- आईसीसी एकदिवसीय क्रिकेट विश्वकप बिहीबारबाट भारतमा सुरु हुँदैछ । भारतमा विश्वकप सुरु हुँदै गर्दा कैयौँ खेलाडीले भने उक्त अवसर गुमाउने भएका छन् ।
कतिपय खेलाडी घाइते भएका कारण टिममा स्थान बनाउने सकेनन् भने केही छनोटकर्ताको रोजाइमा पर्न सकेनन् ।
विश्वकपको पहिलो खेलमा बिहीबार साविक विजेता इंग्ल्यान्डले न्यूजिल्यान्डको सामना गर्दैछ । तर इंग्ल्यान्डकै ओपनर जासोन रोयले टिममा स्थान बनाउन सकेनन् ।
रोय विश्वकपका लागि इंग्ल्यान्डको प्रारम्भिक टोलीमा रहे पनि १५ सदस्यीय टोलीमा भने पर्न सकेनन् । सन् २०१९ मा इंग्ल्यान्डले विश्वकपको उपाधि जित्दा रोयले सात खेलमा ४ सय ४३ रन बनाएका थिए । घाइते भएपछि ३३ वर्षीय रोयले विश्वकप गुमाउने भएका हुन् ।
यता बंगलादेशका ब्याटर तमिम इक्वालले पनि भारतमा आयोजना हुने विश्वकप गुमाउँदैछन् । घाइते भएपछि ३४ वर्षीय इक्वाललाई बंगलादेशका छनोटकर्ताले उनलाई टिममा स्थान दिएनन् । उनले यस वर्षको सुरुवातमा सन्यासको घोषणा गरे पनि पछि उक्त निर्णय फिर्ता लिएका थिए ।
पाकिस्तानका मुख्य बलरनशिम शाहले पनि यस वर्षको विश्वकप गुमाउने छन् । तर एसिया कपका क्रममा घाइते भएपछि उनी टिममा पर्न सकेनन् । शाह कम्तीमा पनि ३ देखि ४ महिना मैदान बाहिर रहनेछन् ।
अर्कोतर्फ श्रीलंकाका लागि महत्वपूर्ण मानिएका लेग-स्पिनर अलराउन्डर वानिन्दु हसरंगाले पनि विश्वकप गुमाउँदैछन् ।
एसिया कपका क्रममा घाइते भएर समयमा ठिक हुन नसकेपछि हसरंगाले पनि विश्वकप गुमाउने निश्चित बन्यो ।
विश्वकप गुमाउनेमा अर्का मुख्य खेलाडी हुन् न्यूजिल्यान्डका अलराउन्डर माइकल ब्रेसवेल । ३२ वर्षीय गत जुनमा घाइते भएका थिए र सोही कारण उनले विश्वकप गुमाउन पुगेका हुन् ।

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया