युरोपका चार जना विदेशमन्त्रीले चीनको भ्रमण गर्ने

बेइजिङ : पोल्यान्ड, सर्बिया, आयरल्यान्ड र हङ्गेरीका विदेशमन्त्रीहरुले चीनको भ्रमण गर्न लाग्नु भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानका अनुसार यही मे २९ देखि ३१ तारिखका बीचमा चार देशका मन्त्रीहरुले चीनको भ्रमण गर्न लागेका हुन् ।
पोल्यान्डका विदेश मन्त्री जिग्निउ राउ, सर्बियाका विदेश मन्त्री निकोला सेलाकोभिच, आयरल्यान्डका विदेश तथा रक्षा मन्त्री सिमोन कोभेनी तथा हङ्गेरीका विदेश तथा व्यापार मन्त्री पिटर जिगार्टो चीनको भ्रमणमा आउन लागेको मन्त्रालयको भनाई छ ।
चीनका स्टेट काउन्सिलर तथा विदेश मन्त्री वाङ यी को निमन्त्रणमा उनीहरू चीन भ्रमण गर्न लागेको पनि प्रवक्ता लिजियानले बताए । (सिन्ह्वा)

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

विदेशी लगानीको परिदृश्य कमजोर बन्यो : संयुक्त राष्ट्रसंघ

असदको पतनपछि २० लाख सिरियाली स्वदेश फर्किए : राष्ट्रसङ्घ

इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी

प्रतिक्रिया