माल्दिभ्समा कोरोनाबाट अहिलेसम्म १५१ को मृत्यु

माले : कोरोनाभाइरसका कारण माल्दिभ्समा अहिलेसम्म १५१ जनाको मृत्यु भएको छ ।
तीमध्ये तीन जनाको निधन पछिल्लो २४ घण्टामा भएको भन्दै सरकारी अधिकारीहरुले बिहीबार विवरण सार्वजनिक गरेका छन् ।
स्वास्थ्य प्रबद्र्धन निकायलाई उदृत गर्दै सार्वजनिक गरिएको विवरण अनुसार कोरोनाका कारण यो महिना मात्रै ७४ जनाको मृत्यु भएको छ ।
यसअघि सन् २०२० को मार्च र डिसेम्बरको बीचमा ५१ जनाको मृत्यु भएको थियो ।
महामारी नियन्त्रणका लागि सरकारले विभिन्न उपायहरु अपनाइरहेको र महामारी नियन्त्रणलाई उच्च प्राथमिकता दिएको सरकारी अधिकारीहरुको दावी छ ।
माल्दिभ्समा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कूल सङ्ख्या एक हजार २९९ रहेको छ ।
देशभरी कूल ६० हजार ९४३ जनाको कोरोना परीक्षण गर्दा त्यति मानिसमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
माल्दिभ्समा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या २५ हजार ४१९ रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।
सक्रिय सङ्क्रमितमध्ये २७० जना मात्रै अस्पताल भर्ना भएका छन् भने अन्यले घरमै बसेर कोरोनाविरुद्ध संघर्ष गरिरहेका छन् । (एएनआई)

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया