सुदूरपश्चिममा लगातार भूकम्प : घरबाहिरै बास, आकासमुनि उपचार

कैलाली । मंगलबार दिउँसो आएको भूकम्पपछि बझाङमा लगातार भुकम्पको झट्का आउन थालेपछि स्थानीय त्रसित भएका छन् । बुधबार बिहान ५ बजेर ४२ मिनेटमा पुन: ५.७ रेक्टर स्केलको भुकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
भूकम्प जाने क्रम नरोकिएपछि स्थानीयहरु खुला आकाशमुनि रात बिताउन बाध्य भएका छन् ।
बाल विकास मावि बझाङका शिक्षक नरेन्द्र उपाध्यायले बेलाबेला भूकम्पको झट्का आउने क्रम नरोकिएका कारण आफूहरु समेत खुला आकाशमुनि रात बिताउन बाध्य भएको बताए ।
बझाङलाई नै केन्द्र बिन्दु बनाएर मंगलबार दिउँसो गएको भूकम्पका कारण घाइते भई जिल्ला अस्पताल बुझाङ पुगेकाहरु समेत खुला आकाशमुनि उपचाररत रहेको चिकित्सकले जानकारी दिएका छन ।
जिल्ला अस्पताल बझाङका डाक्टर इन्द्र शाहका अनुसार अस्पतालमा उपचाररत अन्य बिरामी समेत भूकम्प आउने क्रम नरोकिएपछि खुला आकाशमुनि बसेका छन् । उनले बिरामीहरु भित्र बस्न नमानेपछि बाहिरै उपचार गरिरहेको बताए ।

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_htbscOYam3_lbhrjdthtfl1mzmhm7x8kogur1u27grexrt0tph9koshzgkpdbphsc5rgu2t.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

प्रतिक्रिया