भूकम्पका कारण अर्घाखाँचीमा पाँच घर भासियाे

बुटवल- अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर २ सितापुरमा भूकम्पका कारण पाँच घर भासिएका छन् ।
बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पका कारण सितापुरका पाँच घर चर्किनुका साथै भासिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी प्रतीत सिंह राठोरले बताए । स्थानीय दशरथ गुरुङ, विष्णु थापा मगर, बब्लु बानिया, सन्तोष घम र दुर्गा बिसीको घर चर्किएको हो ।
अविरल वर्षाका कारण गलेको जमिन भूकम्पले हल्लाएपछि घरहरू चर्कनुका साथै भास्सिएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् । घर भासिएपछि घरमा रहेका मानिसलाई सुरक्षित स्थानमा सारिएको इलाका प्रहरी कार्यालय ठाडाका प्रमुख प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरले बताए ।

भिरबाट लडेर महिलाको मृत्यु

नदीजन्य विपद् कम गर्न नदीबाट निकालियो दुई हजार ट्रिप माटो

मुस्ताङका चार पालिकामा घुम्ती गोठ

विपन्न मुक्तकमैया, मुक्तहलियाका घरमा खानेपानीका धारा जडान

प्रधानसेनापतिद्वारा केसीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान

वन्यजन्तुका लागि पानी खान पोखरी निर्माण

शुक्लाफाँटामा २० वर्षमुनिका किशोरी आमा बन्ने दर बढ्दो

प्रतिक्रिया