आइतबार १५ असार, २०८२
Sunday, June 29, 2025

घुस लिने विद्युतका कर्मचारीविरुद्ध मुद्दा दायर

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रका कार्यरत फोरमेन विर्जुकुमार महतोविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

एक उद्योगमा विद्युत्को क्षमतामा वृद्धि गरिदिए वापत महतोलाई सेवाग्राहीसँग २५ हजार घुस माग गरिरहेको अवस्थामा गत भदौ १९ गते पक्राउ गरिएकोमा आज मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।

आरोपी महतोलाई बिगो बमोजिम कारवाहीको माग गरिएको छ।