भूकम्पपछि बझाङमा एक महिलाले जन्माइन् अस्पतालको चौरमा बच्चा

कैलाली- भूकम्पपछि बझाङमा एक महिलालाई अस्पतालको चौरमा सुत्केरी गराइएको छ ।
बझाङलाई नै केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो गएको भूकम्पका कारण सुत्केरी हुन जिल्ला अस्पताल बुझाङ पुगेकी एक महिलालाई अस्पतालको चौरमा लगेर सुत्केरी गराइएको चिकित्सकले जानकारी दिएका छन् ।
जिल्ला अस्पताल बझाङका डाक्टर इन्द्र शाहका अनुसार तलकोट गाउँपालिका–१ गोथीचौरकी २० वर्षीया मनिषा ऐडीले ३ बजेर २५ मिनेटमा बच्चालाई जन्म दिएकी हुन् । नर्मल डेलिभरीमार्फत बच्चालाई जन्म दिएकी मनिषा र बच्चाको अवस्था सामान्य रहेको डाक्टर शाहले बताए ।
त्यस्तै भूकम्पमा परि केही मानिसहरू घाइते भएका छन् । घाइतेहरूको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।

भिरबाट लडेर महिलाको मृत्यु

नदीजन्य विपद् कम गर्न नदीबाट निकालियो दुई हजार ट्रिप माटो

मुस्ताङका चार पालिकामा घुम्ती गोठ

विपन्न मुक्तकमैया, मुक्तहलियाका घरमा खानेपानीका धारा जडान

प्रधानसेनापतिद्वारा केसीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान

वन्यजन्तुका लागि पानी खान पोखरी निर्माण

शुक्लाफाँटामा २० वर्षमुनिका किशोरी आमा बन्ने दर बढ्दो

प्रतिक्रिया