रिगल भनिने योगराज ढकालविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं - रिगल भनिने योगराज ढकालविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।
नेपालगञ्जमा मान्छे काटेको अभियोगमा कैद सजाय पाएकालाई दिएको कैद माफीविरुद्ध चेतनकी श्रीमती भारती शेर्पाले सर्वोच्च अदालतमा रिट दायर गरेकी हुन् ।
चेतन मानन्धरको हत्या गरेपछि अदालतबाट जन्मकैद सजाय पाएका रिगललाई राष्ट्रपतिले कैद माफी दिएका थिए ।
चेतनको हत्यामा अदालतबाट जन्मकैदको सजाय पाएका तरुण दलका तत्कालीन क्षेत्रीय सभापति रिगललाई संविधान दिवसका अवसरमा सरकारले असोज ३ गते कैद माफी दिएको थियो ।
कैद माफीपछि रिगल गाडीको लावालस्करसहित दाङ कारागारबाट नेपालगञ्ज पुगेका थिए ।
श्रीमान्का हत्यारालाई आममाफी दिइएको भन्दै न्यायका लागि काठमाडौं आएकी भारतीले सर्वोच्चमा रिट दायर गरेकी हुन् । शेर्पाले असोज १४ गते रिगलविरुद्ध सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।
रिगलको खुकुरी प्रहारबाट २०७२ असाार २९ चेतन मानन्धरको मृत्यु भएको थियो। घटनापछि भागेर भारत लुकेका उनलाई प्रहरीले पक्राउ गरेर नेपाल ल्याइ मुद्दा दायर गरेको थियो।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया