मुलुकको पुँजी बजार ध्वस्त हुँदा पनि अर्थमन्त्रीलाई चासो छैन : हरि ढकाल

काठमाडाैँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले पुँजी बजार ध्वस्त हुँदा पनि अर्थमन्त्री डा. प्रकाशशरण महतले चासो नदिएको आरोप लगाएका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले लगानीकर्ताको अर्बौं लगानी डुबिरहँदा पनि अर्थमन्त्री महतले पूँजी बजारबारे चासो नदिएको भन्दै आपत्ति जनाएका हुन् ।
सांसद ढकालले पुँजी बजारका लागि नियमक निकायका रूपमा रहेको धितोपत्र बोर्डले कुनै पनि काम गर्न नसकेको जिकिर गरे । उनले मुलुकको अर्थतन्त्र सुधारका लागि आफूहरूले दिएको सुझावलाई अर्थ मन्त्रालयले सुनुवाइ नगरेको गुनासो समेत गरे ।
सांसद ढकालले भने, ‘सरकारलाई शान्ति सुरक्षाको विशेष ख्याल राख्न म ध्यानाकर्षण गराउन चाहन्छु । देशको आर्थिक अवस्थाको बारेमा यो सदनमा विभिन्न समयमा विभिन्न माननीयज्यूहरूले आवाजहरू उठाई राख्नुभएको छ । देश आर्थिक मन्दीमा जाँदैछ । आर्थिक मन्दीमा धस्सीदैछ । आर्थिक मन्दीमा धस्सीनुका कारणहरूमा उत्खनन कसैले गरेका छैनन् ।'
सांसद ढकालले बैंकहरूका अस्वस्थ प्रतिस्पर्धा र राष्ट्र बैंकका कारणले गर्दा गर्दा लोन प्रवाह हुन नसकेकाे बताएका छन् ।
सांसद ढकालले मुलुकमा सामाजिक सद्भाव भड्काउने प्रयास भइरहेको उल्लेख गर्दै सरकारलाई शान्ति सुरक्षाबारे विशेष ख्याल राख्न आग्रह समेत गरे ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया