राष्ट्रपतिले रिगलको कैद मिनाहा गरेकाेप्रति ओलीको आपत्ति, संसद्मा पोखे असन्तुष्टि

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले गरेको कैद मिनाहाप्रति आपत्ति जनाएका छन् । मंगलबारको प्रतिनिधिससभा बैठकमा बोल्दै उनले राष्ट्रपति पौडेलले ज्यान मुद्दामा सजाय पाएका नेपालगञ्जका योगराज ढकाल रिगलको कैद मिनाहा गरेको प्रति असन्तुष्टि जनाए ।
राष्ट्रपतिको उक्त कदमको विरोध गर्दै उनले भने, ‘दिनदहाडै बजारमा लखेटीलखेटी खुँडाले मार्ने मान्छेलाई २० वर्ष कैद गरेको छ । दुई चार वर्ष बसेपछि छोडिन्छ । यसले अहिले नेपालगञ्ज र पीडित परिवार आतंकित छ । यस्ता मान्छेलाई छानीछानी किन पुरस्कृत र सम्मानित गरिन्छ ?’
रिगललाई आममाफी दिएको विषयलाई लिएर अहिले चौतर्फी विरोध भइरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले यस विषयमा राष्ट्रपतिलाई भेटेर कुरा पनि गरेको छ ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया