फागुन १ गते बिदा दिने निर्णय फिर्ता नलिए यसविरुद्ध कदम चाल्छौं : ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रियाका बाँकी काम छिटो सम्पन्न गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल न तयार नभएको बताएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
ओलीले प्रधानमन्त्री दाहालले जस अर्कोले लिन्छ भनेर प्रधानमन्त्रीले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन नचाहेको आराेप लगाए । उनले आफूले आफू प्रधानमन्त्री रहँदा शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन खोज्दा प्रधानमन्त्री दाहालले नै नमानेको आरोप लगाए ।
अध्यक्ष ओलीले फागुन १ गतेलाई सरकारी बिदा दिने कुरा मान्य नहुने भन्दै फागुन १ गते दिने बिदाको निर्णयलाई फिर्ता नलिए आफूहरूले कदम चाल्नुपर्ने चेतावनी दिए । उनले आगामी मन्त्रिपरिषदको बैठकबाट नै सो निर्णय फिर्ता लिन चेतावनी दिए । उनले हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर उत्सवको रूपमा मनाउन आफूहरू तयार नरहेको बताए ।
अध्यक्ष ओलीले फागुन १ गते केका लागि बिदा हो भन्दै प्रश्न गरे ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया