क्रिकेट खेलाडीले लिग जितिरहे, सरकारले उधारो पुरस्कार घोषणा गरिरह्यो : सांसद साह
काठमाडौँ– सांसद असिम साहले क्रिकेट खेलाडीले लिग जितिरहेको तर सरकार भने उधारो पुरस्कार घोषणा गरिरहेको आरोप लगाएका छन् । नेपाली टोलीले भारतविरुद्ध आज गरेको उत्कृष्ट प्रदर्शनको प्रसंग जोड्दै मंगलबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले त्यस्तो आरोप लगाएका हुन् ।
उनले भने, ‘बधाई दिन त नेताज्यू, सरकार कसैले बिर्सेन होला तर पुरस्कार दिन सरकारले बिर्सेको छ । सरकारले बिर्सेको कुरा पटक पटक सदनमा उठाउन लाज लागेको छ । घोषणा गरेको रकम १७ लाख पुगिसक्यो तर सरकारले दुई रुपैयाँसमेत दिन सकेको छैन ।’
सांसद साहले प्रधानमन्त्रीले खेल खेल्न जानुहोस् खातामा पैसा आउँछ भनेर झुटो आश्वासनमा झुलाएको समेत आरोप लगाए । उनले जितेर आएकाको हाल यस्तो भएको र जित्न बाँकी, सिक्दै गरेकाहरूको हालत झन् के होला भनेर सभामुख मार्फत सरकारलाई प्रश्न समेत गरेका छन् ।
सांसद साहले अहिले खेलकुद मन्त्रालय कसैले पनि लिन नचाहने मन्त्रालय भएको दाबी गरेका छन् ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया