सरकारले संविधान विरोधी काम गरेको छ : ओली

काठमाडौँ–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संविधान बिरोधी काम गरेको आरोप लगाएका छन् । मंलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।
‘राष्ट्रिय स्वभिमान र गौरव विरोधी काम यो सरकारले गरेको छ,’ उनले भने, ‘संविधान बिरोधी काम गरेको छ । राष्ट्रहित र जनबिरोधी काममा यो सरकार व्यस्त छ । के के बुँदामा म पछि भन्छु । अकारण मैले कुनै कुरा मेले आरोपित गरेको छैन ।’
सरकारले विकास निर्माणका काम र विदेश सम्बन्धसमेत खलबल्याएको उनको आरोप छ ।
‘विकास निर्माणलाई अवरुद्ध पार्न, विदेश सम्बन्धसमेत खल्बल्याउन र सम्पूर्ण राज्य प्रणालीलाई विश्रृङखलित बनाउन यो सरकार दत्त चित्त भएर लागेको छ,’ उनले भने ।
सरकारमा सहभागी भएर मन्त्री बन्न मात्रै जनताले आफूहरूलाई नपठाएको उनले बताए । जनताले देशको विकास र सार्वभौम सत्ताको पक्षमा उभिन सांसदहरूलाई जिताएर पठाएको उनको भनाइ छ ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया