नेपालगञ्जमा सद्भाव कायम गर्न धवलशमशेरकाे आग्रह
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद धवलशमशेर राणाले नेपालगञ्जमा सद्भाव कायम गर्न अपिल गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर उनले नेपालगञ्जमा सद्भाव कायम गर्न अपिल गरेका हुन् ।
‘नेपालगञ्जमा दुई समुदायबीच झडप भएर कर्फ्यु लागेको छ। हिंसाका घटना नियन्त्रण गर्न सरकारसँग माग गर्दछु,’ उनले भने ।
उनले शान्तिपूर्ण विरोधका लागि पनि अनुरोध गरेका छन् । ‘हाम्रो सद्भावको सहरमा दुई समुदाय संयम अपनाइदिनुहोला, सद्भावको शहरमा अशान्ति नफैलाउन नेपालगञ्जवासीहरुलाई अनुरोध गर्दछु,’ उनले भने ।
उनले सरकारले हिंसाका घटना तुरुन्त नियन्त्रण लिनुपर्ने समेत बताए । नेपालगञ्जमा सामाजिक र धार्मिक सद्भाव भड्किने संकेत देखिएको भन्दै स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया