एसियन गेम्स क्रिकेटः भारतसँग हार्यो नेपाल

काठमाडौँ- चीनको हान्झाउमा जारी १९ औँ एसियन गेम्सको पुरुष क्रिकेट प्रतियोगिताको क्वार्टफाइनलबाटै नेपाल बाहिरिएको छ ।
मंगबार भएको अन्तिम ८ को खेलमा भारतसँग २३ रनले पराजित हुँदै नेपाल प्रतियोगिताबाटै बाहिरिएको हो ।
२ सय ३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७९ रनमात्र १ सय बनाउन सक्यो ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले १५ बलमा ४ छक्काको मदतमा ३२ रन बनाउँदा सन्दीप जोरा र कुशल मल्लले समान २९-२९ रन बनाए । कुशल भुर्तेल २८ रन तथा आशिफ शेख १० रनमा आउट भए । करण केसीले १८ रन बनाए ।
भारतका लागि रवि विश्नोइ र आभेश खानले समान ३-३, अर्शदिप सिंहले २ र साइ किशोरले १ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय २ रन जोड्यो ।
भारतका लागि यशस्वी जयसवालले ४९ बलमा १०० रन बनाउँदा ८ चौका र ७ छक्का हिर्काए । रिंकु सिंहले १५ बलमा ३७ रन बनाउँदा २ चौका र ४ छक्का प्रहार गरे ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २ तथा सोमपाल कामी र सन्दीप लामिछानले समान १-१ विकेट हात पारे ।

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया