एसियन गेम क्रिकेट : जितका लागि भारतले नेपाललाई दियाे २०३ रनकाे लक्ष्य

काठमाडौं– १९ औं एसियाली खेलकुद (एसियाड) को क्वाटरफाइनल भारतले नेपाललाई २०३ रनको लक्ष्य दिएको छ । झेजिङ युनिर्भसिटी कलेज अफ टेक्नोलोजी फिल्डमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले पुरै ओभर खेलेर २०२ रन बनायो ।
भारतले नेपालविरुद्ध ब्याटिङ गर्दा ४ विकेटको क्षतिमा यो लक्ष्य दिएको हो ।
भारतीय बायाँ हाते युवा ब्याटर यशस्वी जैसवालले नेपालविरुद्ध कीर्तिमानी शतक प्रहार गरेका छन् । योसँगै जैसवाल टि२० आईमा भारतबाट कम उमेरमा शतक हान्ने खेलाडी बनेका छन् ।
नवौं ओभरमा नेपालले पहिलो सफलता पाएको थियो । नवौं ओभरको पाँचौ बलमा भारतीय कप्तान ऋतुराज गायकवाड आउट भए । दीपेन्द्रसिंह ऐरीको बलमा रोहित पौडेलबाट उनी क्याच आउट भएका हुन् ।
तिलक बर्मालाई सोमपाल कामीले १२ औं ओभरको चौथो बलमा २ रनमा बोल्ड आउट गरे । जितेश शर्मा सन्दीप लामिछानेको १३ औं ओभरको पाँचौं बलमा पाँच रनमा पभेलियन फर्किए ।

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया