आइतबार १५ असार, २०८२
Sunday, June 29, 2025

२५ हजार घुस लिँदै गर्दा सवइन्जिनियर पक्राउ

फाइल फोटो

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घर निर्माण गरिसकेको प्रमाणपत्र उपलब्ध गराएबापत घुस लिँदै गरेको अवस्थामा सवइन्जिनियरलाई पक्राउ गरेको छ।

आयोगको कार्यालयबाट खटिएको टोलीले चन्द्रागिरी नगरपालिका १४ नम्बर वडा कार्यालयमा कार्यरत असिस्टेन्ट सवइन्जिनियर बिजयालक्ष्मी पन्तलाई २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो।

पन्तलाई घुस रकमसहित चन्द्रागिरि नगरपालिकाकै वडा नम्बर ११ सतुङ्गलस्थित माई फुड डेरी खाजा पसलबाट नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।