बुधबार ३२ असार, २०८२
Wednesday, July 16, 2025

चिकित्सा क्षेत्रको नोबेल पुरस्कार कोरोनाको खोप बनाउने कारिको र वाइसमानलाई

काठमाडौँ- यस वर्षको चिकित्सा क्षेत्रको नोबेल पुरस्कार अमेरिकी वैज्ञानिकद्वय डा. क्याटलिन कारिको र डा. ड्रु वाइसमानले पाएका छन् । ​स्वीडिस एकेडेमी अफ साइन्सले सोमबार कारिको र वाइसमानलाई नोबेल पुरस्कार दिने घोषणा गरेको हो ।

कोरोना भाइरसविरुद्ध एमआरएनए भ्याक्सिन विकासमा महत्त्वपूर्ण योगदान दिएको भन्दै उनीहरूलाई नोबेल पुरस्कार दिने घोषणा गरेको हो । उनीहरूले एमआरएनए भ्याक्सिनले मानव शरीरको प्रतिरक्षा प्रणालीमा कसरी काम गर्छ भनेर पत्ता लगाएका थिए । 

उनीहरूले विकास गरेको खोप अहिले विश्वभरि लाखौं मानिसहरूलाई दिइएको छ। नोबेल पुरस्कार समितिले भनेको छ, ‘आधुनिक समयमा मानव स्वास्थ्यको लागि सबैभन्दा ठूलो खतराको समयमा भ्याक्सिन विकासको अभूतपूर्व दरमा पुरस्कार विजेताहरूले योगदान दिए ।’  

नोबेल पुरस्कार विजेतालाई ९ लाख अमेरिकी डलरसँगै २४ क्यारेट सुनको तक्मा प्रदान गरिन्छ ।