बुटवलको कोभिड अस्पताल : आइसियू कक्ष जलमग्न, नर्सको काम बाल्टीमा पानी उठाउँदै फाल्दै

बुटवल । बुटवल रामनगरस्थित अस्थायी कोभिड विशेष अस्पतालको आइसीयूकक्षमा पानी चुहिएको छ । तीन दिनदेखिको झरीका कारण आइसीयू कक्षमा पानी चुहिएको हो । आइसी यूकक्षमा पानी चुहिएर जलमग्न भएपछि नर्सहरूले बाल्टीमा उठाएर पानी फाल्ने गरेका छन् ।
पुराना भवनमा तयार गरिएको आइसी यूकक्षमा गत वर्ष पनि पानी चुहिएको थियो । एक नर्सका अनुसार यसपटक पानी धेरै चुहिएको र आइसीयूनै जलमग्न भएको छ ।
उनले भनिन्, 'पानी चुहिएपछि बाल्टीले उठाउँदै फाल्दै बसेका छौँ । गतवर्ष पनि पानी पर्दा मर्मत गर्न भनिएको तर मर्मत नभएकाले बिरामीले समेत दुःख पाए । अहिले पनि उस्तै छ ।'
त्यहाँ अहिले १३ जना बिरामीले उपचार सेवा लिइरहेका छन् । कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. नन्दु पाठकले पुरानो भवन भएका कारण पानी चुहिएको बताए । भवन केही ठूलो भएका कारण बेड सारेर भए पनि अहिले काम चलाइएको उनको भनाइ छ । उनले पानी पर्न रोकिनासाथ व्यवस्थापन पक्षसँग कुरा गरेर मर्मत गरिने बताए । उनले भने, 'धेरै पानी परेमा फलसिलिङ पनि झर्न सक्छ । नर्सले बाल्टीमा पानी उठाएर फालेका छन् ।' उनले पानी रोकिने अवस्था नभएकोले विकल्पको खोजी गरिरहेको बताए ।

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया