बिहीबार ०१ साउन, २०८२
Thursday, July 17, 2025

केपी ओली अझै पुगेनन् पाेखरा, एमाले गण्डकीकाे अधिवेशन उद्घाटन नहुँदै मन्तव्यकाे कार्यक्रम सुरु

पोखरा। नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन समारोह प्रतिकूल मौसमका कारण केही ढिलो गरी सुरु भएको छ । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय भएकाले प्रतिकूल मौसमका कारण उडान प्रभावित भएपछि कार्यक्रम ढिलो सुरु भएको हो ।

ओली अझै पाेखरा पुगेका छैनन् । ढिला भइसकेकाले उद्घाटन ओली आएपछि मात्रै गर्ने गरी कार्यक्रम सुरु गरिएकाे हाे । उद्घाटन नगरिए पनि मन्तव्य राख्ने कार्यक्रम सुरु गरिएकाे हाे ।

प्रदेश उपाध्यक्ष माेहन रेग्मीले स्वागत गरेर पद्मा अर्याललेसमेत मन्तव्य राखिसकेकी छन् । मन्तव्य राख्ने क्रम जारी छ ।

नेकपा एमाले गण्डकी प्रदेशका उपसचिव एवम्, प्रचारप्रचार उपसमिति संयोजक रश्मि आचार्यले अध्यक्ष ओली जहाजमा आउने भएकाले प्रतिकूल मौसमका कारण उडान रोकिँदा केही समय ढिलाई भएको बताए । 

नेकपा एमाले गण्डकीले आईतबार पत्रकार सम्मेलन गरी १२ बजे कार्यक्रम उद्घाटन गर्ने जनाएको थियो । पार्टी अध्यक्ष ओली पोखरा आउन ढिला हुने भएपछि अहिले औपचारिक कार्यक्रम अघि बढेको छ ।