मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

बालकलाई ठक्कर दिने मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा

फाइल फोटो

वीरेन्द्रनगर - वीरेन्द्रनगरस्थित फोरलेन सडकको गोकुल कटेज नजिकै बालकलाई ठक्कर दिएर फरार भएका मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले ३१ वर्षका मोटरसाइकल चालक अर्जुन पुनलाई नियन्त्रणमा लिएको जनाएको हो। गुर्भाकोट नगरपालिका-१४ का उनले प्रदेश ३ -००२ प ९२०२ नम्बरको मोटरसाइकल चलाएका थिए।

मोटरसाइकलको ठक्करबाट दैलेखको आठबीस नगरपालिका-६ खिड्कीज्यूला घर भएका ६ वर्षीय बालक टेकदर्शन गिरीको मृत्यु भएको थियो।