स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेविरुद्ध किटानी जाहेरी

बुटवल : भेरी अस्पतालको कोभिड वार्डमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने व्यक्तिविरुद्ध किटानी जाहेरी दर्ता गरिएको छ । दाङ, तुलसीपुरका कोभिड संक्रमित (५२) डिल्ली रावतको उपचारका क्रममा बिहीबार राति मृत्यु भएपछि आक्रोशित भएका आफन्तले स्टाफ नर्स, चिकित्सकलगायतलाई आक्रमण गरेका थिए । पीडित स्वास्थ्यकर्मीहरूले शुक्रबार जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दर्ता गराएका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवम् प्रहरी उपरीक्षक ओम रानाले आक्रमणमा संलग्न मानबहादुर रावत, लोकराज र भरत रावतविरुद्ध भेरी अस्पतालका ७ जना स्वास्थ्यकर्मीले किटानी जाहेरी दर्ता गराएको जानकारी दिए । उनकाअनुसार, जाहेरी दिएका ३ जनालाई नै यसअघि प्रहरीले भेरी अस्पतालबाट पक्राउ गरेको छ ।
राजनीतिक 'पावर'मा आफूहरूको हत्या गर्ने उद्देश्यले नै आक्रमण गरेको भन्दै नेपालगन्जका चिकित्सक, नर्सलगायतले भेरी अस्पताल परिसरमा बिहान नाराबाजी गरेका थिए । उनीहरुको आन्दोलनका कारण कोभिड वार्डमा भर्ना भएका संक्रमित बिरामीको उपचार प्रभावित बन्न पुगेको छ । आक्रमणमा संलग्न ब्यक्तिलाई ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाउन स्वास्थ्यकर्मीले माग गरेका छन् ।
रावतको मृत्यु भएपछि राति करिव ८ बजेतिर मृतकका भाई मानबहादुरसहितको एक समूहले चिकित्सक, स्टाफ नर्सलगायतलाई आक्रमण गरेको थियो । आफन्तको मृत्युलगत्तै चारैतिरबाट जम्मा भएर लखेट्दै घाँटी थिचिदिएका थिए । आक्रमणबाट डा. चन्द्रप्रकाश साहु, डा. दीपक गुप्ता, डा. समा अन्सारी, स्टाफ नर्स अस्मिनी गुरुङ, सदिक्षा गैरे र बन्दना श्रेष्ठलाई चोट लागेको अस्पताल प्रशासनले जनाएको छ ।
आक्रमणमा संलग्न मानबहादुर नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य हुन् । संक्रमित रावत यही जेठ ४ गतेदेखि भेरी अस्पतालमा भर्ना भएका थिए । दाईको उपचारका क्रममा यसअघि पनि मानबहादुरले आफूहरुलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री 'शंकर पोखरेलको मान्छे हुँ' भन्दै धम्की दिने गरेको स्टाफ नर्सहरू बताउँछन् । नेपाल नर्सिङ संघ बाँकेका अध्यक्ष लक्ष्मी केसीले आक्रमण गर्नेविरुद्ध किटानी जाहेरी दर्ता गरिएको बताइन् ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_Si95gpUKZz_idegtdj4dbwxsb7fcyv2yo0npcf0f7r7fbn0uq14g1l4ocx1kftghbwdkzov.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया