एमाले कर्णाली प्रदेश अधिवेशन : नयाँ नेतृत्वका लागि निर्वाचन जारी

सुर्खेत- नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशनमा मतदान जारी छ । नयाँ नेतृत्व चयनका लागि वीरेन्द्रनगरस्थित सिटी हलमा निर्वाचन भइरहेको छ ।
१० जिल्लाका लागि १० वटा मतादानस्थल कायम गरिएको छ । अधिवेशनबाट पाँच पदाधिकारीसहित १३५ सदस्य चयन गरिनेछ । एमाले कर्णाली अध्यक्षका लागि कालीकोटका मीनबहादुर शाही, सल्यानका गुलाबजंग शाह र कालीकोटकै प्रकाश रोकाया चुनावी मैदानमा छन् ।
बुधबारदेखि सुरु भएको अधिवेशन आज दिउँसो मात्रै नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको हो । मतदानको समय धेरै पटक सारिएको भन्दै प्रतिनिधिहरूले आक्रोश व्यक्त गरेका छन् । मतदान जारीसँगै प्रतिनिधि र समर्थकहरुले आफ्नो उम्मेदवारका लागि भोट मागिरहेका छन् । प्यानल बनाएर प्रचारप्रसार गर्न नपाइने भएपछि प्रत्येक उम्मेदवारले व्यक्तिगत रूपमा मत मागेका छन् ।

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण

प्रतिक्रिया