म्यानचेस्टर सिटी पराजित हुँदा आर्सनल र टोटेनहम विजयी

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत साविक विजेता म्यानचेस्टर सिटीले पहिलो पराजय भोगेको छ ।
शनिबार राति भएको खेलमा सिटीले उल्भ्ससँग २-१ गोलअन्तरको पराजय भोगेको हो । उल्भ्सको जितमा ह्वाङ हि-चानले एक गोल गर्दा सिटीका रुवेन डियाजले एक आत्मघाती गोल गरे । सिटीका लागि जुलियन अल्भारेजले एक गोल फर्काए ।
यससँगै अघिल्ला ६ वटै खेलमा जित हात पारेको सिटीले पहिलो पराजय भोगेको हो । शीर्ष स्थानमा रहेको सिटीले ७ खेलबाट १८ अंक जोडेको छ ।
यता आर्सनलले भने बर्नमाउथलाई ४-० ले हरायो । आर्सनलको जितमा बुकायो साका, मार्टिन ओडेगार्ड, काई हाभार्ज र बेन ह्वाइटले एक-एक गोल गरे ।
त्यसैगरी, टोटेनहमले लिभरपुललाई २-१ ले पराजित गर्यो । टोटेनहमको जितमा सन हियोङ-मिनले एक गोल गर्दा लिभरपुलका जोएल हाटिपले एक आत्मघाती गोल गरे । लिभरपुलका लागि कोडी गाक्पोले एक गोल फर्काए ।
जितसँगै समान ७ खेलबाट समान १७-१७ अंक जोडेका टोटेनहम र आर्सनल दोस्रो र तेस्रो स्थानमा उक्लिएका छन् । टोटेनहम गोलअन्तरमा आर्सनल भन्दा माथि रहेको छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया