‘ऐंठन’लाई मदन र मुखियालाई जगदम्बा

काठमाडौँ - माओवादी जनयुद्धको पृष्ठभूमिमा लेखिएको ‘ऐंठन’ले मदन पुरस्कार प्राप्त गरेको छ । मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले गुठीको आइतबार बसेको बैठकले गल साल प्रकाशित भएर गुठीमा दर्ता हुन आएका किताबमध्ये विवेक ओझा लिखित उपन्यासलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय भएको जनाएका छन् । यसैगरी गुठीले यो सालको जगदम्बा श्री भने कभर डिजाइनर टेकवीर मुखियालाई प्रदान गर्ने निर्णय गरेको छ ।
विसं २०७९ सालमा दर्ता हुन आएका किताबमध्येबाट गुठीले उत्कृष्ट ५ पुस्तकको अन्तिम सूची प्रकाशन गरेको थियो । जसमा ‘ऐंठन’ ‘इजोरिया’, ‘चक्रव्युहमा नेपालको जलस्रोत’, ‘थाङ्ग्रा’ र ‘माटाका घर’ थिए । अन्तिम पाँचको सूची प्रकाशित गर्दै गुठीले अघिल्लो साल मदन पुरस्कारका लागि गुठीलाई कूल ३१३ पुस्तकहरू प्राप्त भएका बताएको थियो । विजेता लेखकले ४ लाख रुपैँया नगद प्राप्त गर्नेछन् ।
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_OGzKeKxl0Z_j7k7zeqkmawneuhupvu2ubbybzhjp1p5wpet5my61n7ptlusvv4dvnnxx8aa.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

प्रतिक्रिया