किशोरमाथि ‘सेकुवा’

कृष्णदीप सिग्देलद्वारा लिखित किशोर उपन्यास ‘सेकुवा’ प्रकाशित भएको छ । रोमाञ्चक स्वैरकल्पना समेटिको पुस्तक शैली र प्रस्तुतिको कारणले पनि किशोर पाठकका लागि रुचिकर हुने प्रकाशक सांग्रिलाले बताएको छ ।
‘नेपाली साहित्यमा बालबालिका र बयस्क पाठकका लागि प्रशस्त सामग्री उपलब्ध भए पनि किशोर उमेर समूहका लागि जति लेखिनु पर्ने हो त्यति लेखिएको छैन । ‘सेकुवा’ उपन्यासले त्यही अभाव पूर्तिको काम गर्नेछ,’ सांग्रिलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
लेखक सिग्देलले उपन्यास किशोरकिशोरीका लागि कोसेली भएको बताएका छन् । ‘किशोरकिशोरी लक्षित किताब कै खडेरी भएको अवस्थामा यो पूर्ण समाधान त होइन तर अभावपुर्तिकालागि एउटा प्रयास भने पक्कै हो । ’ लेखक सिग्देलका यस अघि २ बालउपन्यास र ७५ हाराहारीमा चित्रपुस्तक प्रकाशित भइसकेका छन् । १ सय ८० पृष्ठको यो उपन्यासको मूल्य रु ३ सय ३५ रहेको छ ।

अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

गायिका एलिना र समीक्षाले भेटे गृहमन्त्री, भेटपछि यसो भन्छिन् एलिना

गायिका एलिना चौहान साइबर ब्यूरोमा, भन्छिन्ः चरित्रहत्या गर्ने अधिकार कसैलाई छैन

विश्वको एउटा फिल्म, जस माथी लागेकाे थियाे १०० देशमा प्रतिबन्ध

‘लालीबजार’ मा स्वस्तिमा

विनोद शाहीको डेब्यु अभिनय र निर्देशनमा 'अन्त नसरे' (भिडियो)

सात चलचित्र भवनमा ‘अञ्जिला’ ले पूरा गर्यो प्रदर्शनको एक सय दिन

प्रतिक्रिया