अझै सुरु भएन एमाले कर्णाली प्रदेशको निर्वाचन

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको नेतृत्व छनोटको निर्वाचन अझै हुन सकेको छैन । आज बिहान ८ बजेदेखि सुरु हुने भनिएको नेकपा एमाले कर्णाली प्रदेशको निर्वाचन प्रक्रिया अझै सुरु हुन सकेको छैन ।
निर्वाचन कार्यतालिका अनुसार शनिबार दिउँसो साढे १२ बजेदेखि निर्वाचन गर्ने कार्यतालिका थियो । उक्त समयमा निर्वाचन हुन नसकेपछि आज विहान आठ बजेका लागि समय तोकिएको थियो । तर, अहिलेसम्म निर्वाचन सुरु हुन सकेको छैन ।
मतदानमा लागि नेता, कार्यकर्ताहरु बिहानैदेखि सिटी हल बाहिर लाइनमा छन् । तर, तोकिएकै समयमा मतदान प्रक्रिया सुरु नभएपछि प्रतिनिधिहरु निर्वाचन समितिप्रति असन्तुष्टि जनाइरहेका छन् । निर्वाचन अधिकृत मातृका खानालका अनुसार मतपत्र अझै छपाइको काम भइरहेको छ । जसका कारण मतदान प्रक्रिया अझै ढिलाई हुने देखिएको छ । खनालले मतदान प्रक्रिया १० बजेसम्म हुन सक्ने बताए ।

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण

ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कर्णालीमा ६ दिनमा २७ फरार अभियुक्त पक्राउ

तीन दिनदेखि ११ वर्षीया बालिका बेपत्ता

प्रतिक्रिया