अर्थतन्त्र सुधारोन्मुख : मन्त्री महत

जनकपुरधाम- अर्थमन्त्री प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताएका छन् । शनिबार जनकपुरधाम उद्योग बाणिज्य संघको ५६ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री महतले बजारमा हल्ला फैलाए जस्तो देशको आर्थिक अवस्था नभएकाे बताए । अहिले अर्थतन्त्र क्रमिक रूपमा सुधारोन्मुख अवस्थामा गइरहेको उनकाे भनाइ छ ।
मन्त्री महतले आम्दानीभन्दा खर्च बढी रहेका कारण देशको आर्थिक अवस्था कमजोर भएको जिकिर गरे । उनले भने, 'प्रमुख आम्दानीको श्रोत राजश्व संकलन हुन सकिरहेको छैन, रेमिटेन्समा समेत कमी आएको छ । तर, कर्मचारी, प्रहरी प्रशासनको सेवा सुविधा, ज्येष्ठ नागरिक लगायतका सामाजिक दायित्वका फजुल खर्च र पुँजीगत खर्चभन्दा बढी ऋणको साँवाब्याज नै तिर्नु परिरहेको कारण अर्थतन्त्र कमजोर भएको छ ।'
महतले अहिले पुँजीगत लगानी ३ सय २ अर्ब र ऋण साँवाब्याजको खर्चमात्रै ३ सय ७ अर्ब रहेको उल्लेख गरे । उनले पोखरा र लुम्बिनी विमानस्थल लगायतको संरचनामा लगानी गरे पनि आम्दानी हुन नसक्दा समेत आर्थिक अवस्थामा असर पारेको बताए ।
कोभिड र विभिन्न राष्ट्रबीच युद्धले संकटमा परेको अर्थतन्त्र अन्तर्राष्ट्रियस्तर र नेपालमा समेत क्रमिक सुधार भइरहेको दाबी उनकाे छ । उनले कोभिडको अन्त्य, पर्यटकहरूको आगमनमा वृद्धि भएपछि देशको अवस्था सुधाराेन्मोख भएको बताए । रेमिटेन्स आएको तर गलत अफवाहका कारण घर र बैंकमै थन्किएकाले पनि व्यापक समस्या जस्तो देखिएको उनको भनाइ छ ।
उनले मधेश प्रदेशमा उद्योग व्यवसायको ठूलो सम्भावना रहेकाले यहाँ औद्योगिक हब बनाउने तयारीमा सरकार लागेको बताए । पूर्वमा कोशी र पश्चिममा मधेश प्रदेशलाई जोडेर सांस्कृतिक, पर्यटकीय र कृषि क्षेत्रको उत्पादनसहितको औद्योगिक हब बनाइने उनले जिकिर गरे ।
कार्यक्रममा एमाले नेतृ जुली महतोले बजेटमा सरकारले मधेश सरकार विभेद गरेको भन्दै जनकपुरधामको विकास बजेटमा कन्जुस्याइँ नगर्न आग्रह गरिन् । जउवा संघका अध्यक्ष जितेन्द्र महासेठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साह, प्रदेश सांसद राम सरोज यादव, दिपेन्द्र ठाकुर आ-आफ्ना धारणा राखेका थिए ।

सिरहामा एक युवकको शव फेला, हत्याको आशंका

सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबारका भन्सार छलीका सामान बरामद

बारामा ४३ लाख राजश्व छलीको सामानसहित ट्रक बरामद

लागू औषधसहित स्याङजाका मगर गौरमा पक्राउ

स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण

बैंक लुटपाटमा संलग्न एक अभियुक्त पक्राउ

तीन सय १९ किलोग्राम चरेससहित ट्रक चालक पक्राउ

प्रतिक्रिया