एमाले कोशी अधिवेशन : सांगठानिक प्रतिवेदनमाथि छलफल गर्न सात समूह गठन

विराटनगर- झण्डै दुई घण्टा ढिलो गरेर सुरु भएको नेकपा एमाले कोशी प्रदेश कमिटीको पहिलो अधिवेशनको बन्द सत्र भोलिसम्मलाई स्थगित भएको छ । शनिबार विहान ७ बजेदेखि प्रदेश अधिवेशनको बन्द सत्र सुरु हुने जनाइएको छ ।
वर्तमान प्रदेश कमिटीको तर्फबाट अध्यक्ष तुलसी न्यौपानेले शुक्रबार साँझ ६ बजेबाट बन्द सत्र सुरु गर्ने जानकारी गराए पनि झण्डै ८ बजेमात्रै बन्द सत्र सुरु भएको थियो ।
बन्द सत्र संचालन गर्न एमाले केन्द्रीय कमिटी सचिव एवं कोशी इन्चार्ज रघुवीर महासेठको अध्यक्षतामा ११ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ । अध्यक्ष मण्डलमा स्थायी कमिटी सदस्यहरू शेरधन राई, हिक्मतकुमार कार्की, अग्नी खरेल, राजेन्द्र गौतम, डा.शिवमाया तुम्बाहाम्फे तथा केन्द्रीय सदस्यहरू भगवती चौधरी, जगदीशप्रसाद कुसियैत, सुनिता बराल, पर्शुराम मेघी गुरुङ र राम राना रहेका छन् ।
बन्द सत्रमा वर्तमान अध्यक्ष न्यौपानेले प्रदेश कमिटीको सांगठानिक प्रतिवेदनको सारंश प्रस्तुत गरेका छन् । सांगठानिक विस्तृत प्रतिवेदन भने अधिवेशनमा सहभागी ९९७ जना प्रतिनिधिहरूलाई नै बाँडिएको र अध्ययन गर्न गरेर शनिबार विहान ७ बजेदेखि समूहगत छलफल सुरु गर्ने गरी बन्द सत्र स्थगित गरिएको हो ।
त्यसका लागि कोशी प्रदेशका १४ जिल्लालाई प्रतिनिधि संख्याको आधारमा सातवटा समूहमा बाँडिएको अध्यक्ष न्यौपानेले जानकारी दिए । जस अन्तरगत ताप्लेजुङ, पाँचथर र इलामलाई समूह (१), झापालाई समूह (२), संखुवासभा, भोजपुर, धनकुटा र तेह्रथुमको समूह (३), मोरङको समूह (४), सोलुखुम्बु, खोटाङ र ओखलढुंगाको समूह (५), उदयपुर र सुनसरीको (६) तथा जनवर्गीय संगठनहरूको (७) नम्बर समूह निर्माण गरिएको हो ।
विहान १० बजेसम्म सांगठानिक प्रतिवेदनमाथिको समूहगत छलफल सकेर प्रत्येक समूहबाट प्रस्तुतीकरण गर्नुपर्ने जिम्मेवारी तोकिएको छ ।
प्रतिवेदनमाथिको समूह छलफल सकेपछि बन्द सत्रले सहज रुपमा प्रतिवेदन पारित गरेपछि मात्रै नेतृत्व चयनको प्रक्रिया सुरु हुने जनाइएको छ । अधिवेशनले २१५ सदस्यीय प्रदेश कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहितको पदाधिकारी र सदस्यहरू निर्वाचित गर्नेछ ।
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान

कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन मनाइने

मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी नागरिकको मृत्यु

सडकको चट्टान फोर्न ‘केमीकल’ प्रयोग गरिने
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln_ttZhEMatQh_xqgosreh1hj1mceigjri5smsbuek6h0wfhwfxskmyb6qghnkmxubbpuloh08.jpg)
प्रतिक्रिया