मणिपाल घटना : अस्पताल र मृतक परिवारबीच ६ बुँदे सम्झौता

पोखरा- पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि सिर्जना भएको विवाद समाधान भएको छ ।
उपचारका क्रममा लमजुङ सुन्दरबजार-६ की ५७ वर्षीय सुकमाया दुराको मृत्यु भएपछि अस्पताल अशान्त थियो । बिहीबार मृतकका आफन्त, अस्पताल सञ्चालक, कर्मचारी र चिकित्सकको वार्ताले विभिन्न ६ बुँदामा सहमति गरेको हो । उक्त सहमतिपछि दुवै पक्ष आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गर्ने निष्कर्षमा पुगेका हुन् ।
सहमति अनुसार मृतक दुराको स्मृतिमा मणिपाल अस्पतालले लमजुङको सुन्दर बजारमा १० वर्षसम्म प्रत्येक वर्ष विशिष्टीकृत चिकित्सकबाट नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । यस्तै सिफारिसका आधारमा अल्पसंख्याक दुरा जातिका गरिब तथा विपन्न परिवारका बिरामीको उपचार नि:शुल्क गराउने सहमति भएको छ ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन, २०६६ अन्तर्गत कसूर मुद्दामा पक्राउ परेका मृतकका आफन्त बिनय गुरुङविरुद्ध दर्ता भएको मुद्दालाई कानुनी रीत पुर्याई सहजीकरण गर्ने पनि भनिएको छ । मृतक सुकमाया दुराको मृत्युको सम्बन्धमा हुने अनुसन्धानको सम्पूर्ण प्रकृया खुल्ला राख्दै दुवै पक्षबाट सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गर्ने सहमति भएको हो ।

पाँच शताब्दी पुरानो गुम्बा जीर्णोद्धार
सुन्दरबजारबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्यो

हलगोरु पाल्ने १७८ किसानले पाए पोषणभत्ता

मुस्ताङको स्याङमा उन्नत गाई पालन फस्टाउँदै
_8Og4xLSXmN_us9gqraqhqvp7iwft5xdtagbjhtpv1pfblmcytvjrbnfnnuvtomujikd1jnt_7o9OampqNm_grin0dbpdpiep6dadz60kpufxqf9bqvnby6wxs0vqpxohtcq9afegvnlprxk.jpg)
ट्र्याक खुलेको १४ वर्षपछि दरवाङ–बिम–दिच्याम सडक स्तरोन्नति

कालीगण्डकी तर्न साँघुको भर

आकर्षणको केन्द्र बन्दै छहरे झरना

प्रतिक्रिया