एमाले कर्णाली अधिवेशन : न सर्वसम्मत न उम्मेदवारी घोषणा

सुर्खेत- नेकपा एमालेको अधिवेशन जारी छ । तर, अहिलेसम्म नेतृत्वका लागि न कसैले उम्मेदवारी घोषणा नै गर्न सकिरहेका छन् न सर्वसम्मतको प्रयास नै सफल बनेको छ । अहिलेसम्म अन्योल नै देखिएको छ ।
पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म सर्वसम्मत तरिकाले अधिवेशन सम्पन्न गर्न निर्देशन दिएर फर्किएका थिए । ओलीले भनेका थिए, ‘सकेसम्म सर्वसम्मत गर्नुहोस्, यसले एकताको सन्देश जान्छ, नभए चुनाव लड्नुहोस्, हार्नुहोस्, जित्नुहोस् तर, प्यानल बनाएर चुनाव लड्न पाइँदैन ।’
बिहीबार दिनभर पनि महासचिव शङ्कर पोखरेलले सहमतिको प्रयास गरे । तर, कुनै पनि हालतमा सर्वसम्मत तरिकाले नेतृत्व चयन हुने नदेखेपछि उनी बन्दसत्रमा सहभागी नै नभएर काठमाडौँ फर्किए । नौ घण्टापछि मात्रै बन्दसत्र सुरु भयो ।
सर्वसम्मत तरिकाले नेतृत्व चयन हुने सम्भावना भने नरहेको एमाले प्रदेश अध्यक्ष विनोदकुमार शाहले जानकारी दिए । ‘हामी सर्वसम्मतकै प्रयासमा रहेका छौ’ शाहले भने, ‘नेतृत्वमा चार जनाकै आकांक्षा देखाएपछि सर्वसम्मत गर्न सकिएको छैन । जसमा दुई जनाले आफ्नो दावी नै छोड्नुभएको छैन ।’
नेताहरूका अनुसार सर्वसम्मत तरिकाले नेतृत्व चयन गरे सल्यानका गुलावजंग शाह अध्यक्ष चुनिने छन् । तर, सर्वसम्मत तरिकाले नभएको खण्डमा चुनावी प्रतिस्पर्धा हुन्छ । त्यसैगरी केन्द्रको जोड भने मीनबहादुर शाहीलाई रहेको उनीहरूको भनाइ छ । शाह केन्द्रमा शङ्कर पोखरेलका विश्वासिला पात्रका रूपमा चिनिन्छन् भने प्रदेशमा यामलाल कँडेलको टिमका व्यक्ति हुन् । स्रोतका अनुसार शङ्कर पोखरेलको जोड शाहलाई नै देखिन्छ ।
तर, गोरख बोगटी–विनोदकुमार शाहको टिमबाट मीनबहादुर शाही पछि पर्न चाहन्नन् । यदि चुनाव भएको खण्डमा शाहीले सबैतिरको भोट तान्न सक्ने–नसक्नेमा उनको टिमभित्र नै आशंका गरिएको छ ।
चुनावी प्रतिस्पर्धा भएमा अध्यक्षका आकांक्षी पूर्व सभामुख राजबहादुर शाहीले नै भोट बढी तान्न सक्ने सम्भावना बढी रहेको एमाले नेताहरू बताउँछन् ।

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_IAm3JJTPDW_ra07dnksne7ud5mpqxwkc6njlruzyiwi8cdac6kog9e7h4s9a1zwigpixk89.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

प्रतिक्रिया