शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

चिकित्सकमाथिकाे आक्रमणविरुद्ध हेटाैंडामा विराेध

मकवानपुर । देशको विभिन्न जिल्लामा  चिकित्सकहरूमाथि भइरहेको आक्रमणको विरुद्ध आज मकवानपुरको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा विरोध जनाईएको छ । 

नेपाल चिकित्सक संघ मकवानपुर अध्यक्ष डा. हरि खड्काको नेतृत्वमा करिब ४० जनाले चिकित्सकहरूले  हेटौंडा १ स्थित हेटौंडा अस्पतालको प्राङ्गणमा उभिएर सांकेतिक रूपमा  शान्तिपूर्ण विरोध प्रदर्शन गरेका हुन् । 

भदाै अन्तिम साता हेटौंडाको सन्चो हस्पिटलका २ जना चिकित्सकहरू पिटिएपछि अहिले लगातार विभिन्न जिल्लामा स्वास्थ्यकर्मीहरू दुर्व्यवहार खेपिरहेको सरकारले सुरक्षाको वातावरण सुनिश्चित गर्नुपर्ने डा खड्काले बताए ।