स्वास्थ्यकर्मीको सम्मानमा रणजीत झाको ‘मलाई नसोध’

काठमाडौं : कोभिड–१९ बाट संक्रमित बिरामीको उपचारमा पछिल्लो एक वर्षदेखि सक्रिय वरिष्ठ चिकित्सक डा.रणजीत कुमार झाले ‘मलाई नसोध’बोलको गीत सार्वजनिक गरेका छन् ।
लामो समयदेखि राजबिराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा सिनियर कन्सल्ट्यान्ट फिजिसियन तथा प्रमुखको रुपमा कार्यरत डा.झाले कोरोना भाइरसका संक्रमितहरूको उपचारमा खटिएका सम्पूर्ण स्वास्थ्यकर्मीको सम्मानमा गीत गाएका हुन् । उक्त गीतमा संक्रमितहरुको उपचारमा खटिएका चिकित्सकहरुको मनोदशा मात्र चित्रण गरिएको छैन, चिकित्सकहरुले आफ्ना सम्पूर्ण पीडाहरु बिर्सिएर पनि बिरामीको उपचारमा खटिएका छन् भन्ने सन्देश बोकेको छ ।
डा.रणजीत कुमार झाद्वारा नै प्रस्तुत गरिएको उक्त गीतमा डा.झाको स्वर सुन्न सकिन्छ भने शब्द गिरिराज निरौलाले रचना गरेका हुन् । गीतमा डा.झा तथा गीतकार निरौलाको संगीत निर्देशन छ ।गायक डा.झाका अनुसार विदेशमा बसोबास गर्ने गीतकार गिरिराज निरौलाले अघिल्लो वर्ष कोरोना संक्रमणको जोखिमकै बीच डा.झासहित सम्पूर्ण चिकित्सकको बाध्यतालाई गीतमा उतारेका थिए ।
गीतमा महाराज थापाको संगीत संयोजन छ भने साजन शाहले यसलाई मिक्सिङ तथा मास्टरिङ गरेका छन् । भिडियोमा निर्देशक निशान कश्यपको अवधारणा तथा निर्देशन रहेको छ ।महेश खड्का तथा सुशिला थापाको अभिनय गरेको भिडियोमा गायक डा.झाले पनि अनुहार देखाएका छन् ।
भिडियोमा अस्पतालमा उपचाररत संक्रमितहरुलाई पनि चित्रण गरिएको छ ।मुकेश हुमागाईंद्वारा छायांकन गरिएको उक्त भिडियोमा निर्देशक निशान कश्यपकै रंग संयोजन तथा सम्पादन रहेको छ ।

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

प्रतिक्रिया