हिजोको दिन स्वास्थ्यकर्मीको लागि 'कालो दिन' हो : चिकित्सक संघ

काठमाडौँ : नेपाल चिकित्सक संघले बाँकेको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणलाई 'कालो दिन' को रुपमा मानेको छ । संघले स्वास्थ्यकर्मीमाथि भएको आक्रमणप्रति ध्यानाकर्षण जनाउँदै सम्पूर्ण फ्रन्टलाइनर, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आज एकदिन कालो पट्टि बाँधी काम गर्नलाई आग्रह गरेको छ ।
संघले विज्ञप्ती जारी गरी विराटनगरमा स्वास्थ्यकर्मी माथि भएको हातपात भएको एक सातापछि भेरी अस्पतालमा हिजो (बिहीबार) साँझ ८ बजे भएको दुःखद् घट्नाप्रति आपत्ति जनाएको छ ।
'स्वास्थ्यकर्मीहरूलाई मनोबल बढाउनुको साटो हातपात गर्ने, घाटी थिचेर लखेटी लखेटी पिट्ने र अस्पताल समेत तोडफोड गर्ने आपराधिक मानसिकता बोकेका मानिसको भिडबाट चिकित्सक र स्वास्थ्यकर्मीको जीवन असुरक्षित रहेको कुरा छर्लङ्गै भएको छ,' विज्ञप्तिमा उल्लेख गरिएको छ,' नेपाल सरकारले २०७६/१२/२२ को मन्त्रि परिषद निर्णय अनुसार कोभिड रोकथाम नियन्त्रण र उपचारको कार्यमा बाधा विरोध गर्ने व्यक्तिहरूलाई ड्युटीमा खटिएका सुरक्षाकर्मीहरूको कार्यसम्पादनमा बाधा विरोध गर्नेलाई प्रचलित कानुन बमोजिम कारबाही निर्णय गरेकोमा सो निर्णयलाई र यस्ता आपराधिक गतिविधिमा संलग्न भएकालाई 'नन बाइलेबल अफेन्स' को रुपमा लिइ कारबाही गर्न अध्यादेश मार्फत यथाशिघ्र कानुन बनाइ कारबाही वातावरण बनाउन जोडदार माग गर्दछौँ ।'
स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कडा भन्दा कडा कारबाही गरेर देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू कामबाट बिमुख हुने बाध्यात्मक परिस्थितिको सिर्जना नगर्न पनि संघले आग्रह गरेको छ ।

नेशनल बाथरोग सेन्टरले मनायो १२औँ वार्षिकोत्सव, पाँच लाखभन्दा बढी बिरामीलाई स…

धनगढीमा स्पा तथा वेलनेस थेरापी तालिम सुरु,स्पा र वेलनेस क्षेत्रमा अवसर बढ्दै
भारतबाट फर्केका तीन जनामा कोरोना पुष्टि

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्षमा डा. सन्तोष पौडेल
मुस्ताङका चार पालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

राप्ती प्रादेशिक अस्पतालः अनुमतिभन्दा बढी शय्या सञ्चालनले समस्या

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला र कलेजोको सफल प्रत्यारोपण

प्रतिक्रिया